कांग्रेस उम्मेदवार खाँडमाथि बम आक्रमण

  • 80
  •  
  •  
  •  
  •  
    80
    Shares

कपिलबस्तु, १७ मंसिर । निर्वाचन नजिकिएसँगै उम्मेदवारमाथिको सांघातिक आक्रमण रोकिएको छैन । कपिलबस्तुमा कांग्रेस उम्मेदवार मञ्जु खाँडमाथि बम आक्रमण भएको छ ।

अज्ञात समूहले शनिबार राति प्रतिनिधिसभाको समानुपातिक तर्फकी उम्मेदवार खाँडलाई लक्षित गरी कपिलवस्तुको चन्द्रोटा नजिक बम विस्फोट गराइएको हो । सो विस्फोटबाट खाँड सवार गाडीको सिसा फुटेको छ भने उनको गाला र हातमा चोट लागेको छ ।

धनगढीबाट सिराहा तर्फ जाँदै गरेको उनी सवार बा७ च १९५८ न को गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको हो । सामान्य उपचार र गोरुसिंगे प्रहरी चौकीमा घटना विवरणसहितको निवेदन दिएर खाँड अहिले सिराहा क्षेत्र न ४ मा पुगिसकेको कांग्रेसले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *