यी बलिउड स्टारका छोराछोरीको चलचित्र मोह

  • 272
  •  
  •  
  •  
  •  
    272
    Shares

एजेन्सी । बलिउडका केही स्टारका छोरा छोरी चलचित्र क्षेत्रमा आएका छन् । उनीहरु यस क्षेत्रमा आफूलाई स्थापित गराउन निकै मिहेनत गर्नुपर्ने छ । सुनिल सेट्टी, सन्नी देवल, गोविन्दलगायत बलिउडस्टारका छोराछोरीहरु चलचित्र क्षेत्रमा आफूलाई सफल रुपमा स्थापित गराउने गरी प्रवेश गर्दैछन् ।

सुनिल सेट्टीका छोरा अहान सेट्टी चाँडै साजिद नाडियालाको चलचित्रबाट बलिउडमा डेब्यु गर्दैछन् । उनले अहिले अभिनयको क्लास लिइरहेका छन् । सलमान खानले सुनिल सेट्टीकी छोरी अतिया सेट्टीलाई आफ्नो हिरो चलचित्रमा ब्रेक दिएका थिए । यस्तै, सन्नी देवलका कारण उनका छोरा करण देवल पनि नायक बन्दैछन् । करण चलचित्र ‘पल पल दिल के पास’ मार्फत बलिउडमा प्रवेश गरेका छन् ।

यस चलचित्रलाई सन्नी देवल आफैंले निर्देशन गरेका छन् । यसैगरी गोविन्दका छोरा यशवर्धन आहूजा पनि चाँडै बलिउडमा प्रवेश गर्दैछन् । उनी सलमान खानको चलचित्र ‘किक २’ मा नाडियाडवालाको असिस्टेन्ट निर्देशकका रुपमा यशवर्धनले काम गरेकी सकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *