एनएमबि बैंकको उत्कृष्ट नेपाली बैंकको रुपमा सम्मानित

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १७ मंसिर । बेलयातको लण्डनस्थित फाइनान्सियल टाइम्सले सन् २०१७ को गौरवपूर्ण सम्मान बैंक अफ दि ईयर २०१७ एनएमबि बैंकलाई प्रदान गरेको छ ।

एक वर्षभरी गरिएका उत्कृष्ट कार्यहरुको मुल्यांकान गरी सो अवार्ड दिइएको हो । एनएमबी बैंकका अनुसार नेपालका वाणिज्य बैंकहरुमध्येको उत्कृष्ट बैंक भएको प्रमाण पनि हो ।

एफएमओ, नेदरल्याण्ड्ससँग विदेशी साझेदारका रुपमा सहर्काय गर्दै र ग्लोबल एलायन्स फर बैंकिङ्ग अन् भ्यालुज् (जिएबिभि) को सदस्य रहेकाले बैंकको गरिमा अझ उच्च हुन पुगेकाले समेत अवार्डबाट सम्मानित हुन पुगेको जनाइएको छ ।
लण्डनमा आयोजित अवार्ड वितरण समारोहमा एनएमबि बैंकका अध्यक्ष पवन कुमार गोल्याण र प्रमुख कार्यकारी अधिकृत श्री सुनील केसीले संयुक्त रुपमा उक्त सम्मान ग्रहण गरेका थिए ।

बैंक अफ दि ईयर अवार्ड विश्वव्यापी रुपमा बैंकिङ्गका लागि तोकिएको मापदण्डअनुसार उत्कृष्ट ठहर भएका बैँकलाई दिइने प्रतिष्ठित सम्मान हो । बैंकले आफ्ना शेयरहोल्डरहरुलाई प्रदान गरेको लाभ, बैंकको वित्तीय कार्यक्षमताको प्रदर्शनी, शेयरहोल्डरहरुको मुल्य मान्यता, सेवाग्राहीहरुको सक्रियता लगायत अन्य माणकहरुका आधारमा विजेताको छनोट गर्ने गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *