उतारियो सेनालाई सडकमा, ओलीको कार्यक्रममा सेनाले दियो सुरक्षा

  • 1.4K
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

काठमाडौं, १७ मंसिर । गृह मन्त्रालयमा भएको सरोकारवालाहरुको छलफलपछि चुनावी सुरक्षामा नेपाली सेनालाई प्रभावकारी ढंगले खटाइएको छ ।

उम्मेदवार लक्षित सांघातिक आक्रमण हुन थालेपछि सेनालाई सुरक्षाको जिम्मा दिइएको हो । निर्वाचनको तेस्रो घेरामा सेनालाई खटाउने गरिएपनि बम विस्फोटका घटना नरोकिएपछि उसलाई चुनावी सभाको सुरक्षाको पनि जिम्मेवारी दिइएको हो ।

मोरङको विराटनगरस्थित पुष्पलालचोकमा आइतबार वाम गठबन्धनको चुनावी सभाको सुरक्षामा सेनालाई पनि खटाइएको हो । सेनाले सो क्षेत्रमा शनिबारदेखि नै गस्ती तथा विशेष निगरानी राखेको थियो ।

नेपाल प्रहरी र शसस्त्र प्रहरीले चुनावी सभालाई सुरक्षा दिने गरेको भएपनि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी उक्त सभामा सेनाले समेत सुरक्षा दिएको हो ।

सभाको सुरक्षामा तालिम प्राप्त कुकुर परिचालन गरिएको थियो भने सभामा सहभागीहरुलाई पनि विषेश जाँच गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *