शान्ति प्रक्रियाको सहयात्रीलाई छाडेर राप्रपासँग तालमेल गर्नु स्वार्थी राजनीति– सिटौला

  • 164
  •  
  •  
  •  
  •  
    164
    Shares

नेत्र बिक्रम बिमली

झापा, १७ मंसिर । नेपाली कांग्रेसका नेता तथा झापा–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाको सहयात्री कांग्रेसलाई छाडेर राप्रपासँग तालमेल गर्नु स्वार्थी राजनीतिको खेल भएको आरोप लगाएका छन् ।

राजगढमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले ’गाईलाई श्रीपेच’ नबनाउन एमाले र माओवादी केन्द्रलाई आग्रह गरे । सिटौलाले एमाले र माओवादी केन्द्रका कार्यकर्तालाई शान्ति प्रक्रियाको सहयात्री दल कांग्रेसको चुनाव चिन्ह रुखमा भोट हाल्न आग्रह गरे ।

राजावादीसँग चुनावी तालमेल गर्नु दुःखद् भएको उनले एमाले र माओवादीसँग नभई राप्रपासँग प्रतिस्पर्धा हुने जानकारी दिए । परिवर्तनलाई स्वीकार्ने र नस्वीकार्नेबीचको लडाइ हुने उनको भनाइ छ ।

’मेरो प्रतिस्पर्धा एमाले र माओवादीसँग नभई राप्रपासँग हो’ उनले भने, ‘परिवर्तनलाई स्वीकार गर्न नसक्ने राप्रपालाई भन्दा परिवर्तनको लागि संघर्षको मैदानमासँगै हिँडेकालाई बिर्सन हुँदैन ।’

सो कार्यक्रममा विभिन्न पार्टीका दुई सय २३ जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *