सुन्दर बन्नु छ ? प्रयोग गर्नुहोस् सुन्तलाको बोक्रा (भिडियो)

  • 463
  •  
  •  
  •  
  •  
    463
    Shares

तपाई सुन्तला खाएपछि त्यसको बोक्रा के गर्नुृहुन्छ ? सायद कुनै कुनै डस्टवीन वा अन्यत्र कतै फाल्नुहुन्छ होला । हुन पनि सुन्तलाको बोक्राको उपयोगिता बारे थाहा नपाउँदा फाल्नु स्वभाविकै हो । तर आज हामी सुन्तलाको बोक्राको यस्तो फाईदाबारे तपाईलाई जानकारी गराउँदै छौँ । जुन पढेर आगामी दिनमा तपाई सुन्तलाको बोक्रा फाल्ने होइन, अरुलाई पनि नफाल्न सुझाव दिनुहुनेछ । आउनुहोस् सुन्तलाको बोक्राको फाइदाबारे चर्चा गरौँ ।

१. सौन्दर्यमा निखारता ल्याउँछ
सुन्तलाको फल मात्र होइन यसको बोक्रा पनि उति नै लाभदायी छ । सुन्तलाको बोक्रा घाममा सुकाएर पाउडर बनाएर गुलाब जलसंग अनुहारमा लगाउने गर्नाले तपाईको सुन्दरतामा अझ निखारपन ल्याउँछ ।
२. अनुहारको दाग हटाउँछ
तपाईको अनुहारमा दाग वा धब्बा छ भने सुन्तलाको बोक्रालाई सुकाएर पिठो बनाउनुहोस् । त्यसमा गुलाब जल मिलाएर अनुहारमा लगाउनुहोस् । यसो गर्दा तपाईको अनुृहारमा भएको दाग धब्बा समेत हटेर जान्छ ।
३. खस्रो छाला मुलायम बनाउँछ
तपाईको शरिरको छाला खस्रो छ भने सुन्तलाको बोक्राको पिठो दहीमा मिसाएर शरिरको छालामा लगाउने गरेमा छाला नरम र मुलायम बन्छ ।
४. चिल्लोपना हटाउन
तपाईको अनुहारमा चिल्लोपना छ भने सुन्तलाको बोक्राको पाउडरमा बेसन मिसाएर अनुहारमा लगाउनाले अनुहारको चिल्लोपना हटेर जान्छ ।
५. कपाल सिल्की बनाउँछ
सुन्तलाको बोक्रालाई पिसेर लेदो बनाई कपालमा लगाउनृुहोस् । यसरी लगाएको लेदो सुक्न दिनुहोस् । त्यसपछि पखाल्नुहोस् तपाईको कपाल सिल्की हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *