नायक राजबल्लभ कोइरालाले प्रतिमा विमलीसँग लगनगाँठो कसे (तस्बिर)

  • 4.4K
  •  
  •  
  •  
  •  
    4.4K
    Shares
काठमाडौं, १८ मंसिर । करिब एक दशकदेखि अमेरिका बस्दै आएका नायक राजबल्लभ कोइराला वैवाहिक जीवनमा बाँधिएका छन् । उनले अमेरिकामै बस्दै आएकी झापाकी प्रतिमा विमलीसँग आइतबा विवाह गरेका हुन् ।
हिन्दु धार्मिक परम्पराअनुसार अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिंग्स फिल्डमा उनको विवाह सम्पन्न भएको थियो । डिसी महानगरस्थित मन्दिरका पण्डित मोतीलाल शर्माले राजबल्लभ र प्रतिमाको विवाह गराएका हुन् । वैवाहिक कार्यक्रममा अमेरिकामा बस्दै आएका विभिन्न पेसा व्यवसायमा संलग्न नेपाली, राजबल्लभ र प्रतिमाका आफन्त उपस्थित थिए ।
राजबल्लभ र प्रतिमाबीच केही महिनाअघि इन्गेजमेन्ट सम्पन्न भएको थियो । प्रतिमा जीव चिकित्सक हुन् । हलिउड फिल्म ‘हाइवे टु धम्पुस’ खेल्न अमेरिका गएका राजबल्लभ त्यसयता नेपाल फर्केका छैनन् ।
उनी अमेरिकामै बसेर फिल्मी क्षेत्रमा क्रियाशील छन् । उनी ‘पर्खिंबसें’ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेका थिए । अहिलेसम्म उनले दुई दर्जन बढी नेपाली चलचित्र अभिनय गरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *