माग्नेबुढाले प्रचण्डलाई भोट मागे, माओवादी प्रवेश गरेकै हुन् त ?

  • 1.8K
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

काठमाडौं, १८ मंसिर । हास्य कलाकार केदार घिमिरे माग्नेबुढाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भोट मागेका छन् । आइतबार भरतपुरमा आयोजित वाम गठबन्धनको चुनावी सभामा सहभागी भएका घिमिरेले मञ्चबाटै प्रचण्डलाई भोट मागेका हुन् ।

प्रचण्डको चुनावी प्रचार प्रसारमा सहभागी भएका संगीतकार चेतन सापकोटा, निर्देशक दिनेश डिसी, हास्य मनोज गजरेल, कलाकार सुरवीर पण्डितलगायतको आग्रहमा घिमिरे चितवन पुगेका हुन् । सापकोटा र पण्डित माओवादी तथा गजुरेल र डिसी एमाले कार्यकर्ता हुन् । उनीहरू सबै प्रचण्ड जिताऔं अभियानमा लागेका छन् ।

केही समययता कलाकार घिमिरेले वाम गठबन्धनका उम्मेदवारको पक्षमा प्रत्यक्ष अप्रत्यक्ष मत मागिरहेकाले उनी माओवादी प्रवेश गरिसकेको हुन सक्ने आशंका उनका सहपाठी कलाकारले गरेका छन् । तर, घिमिरेले अहिलेसम्म आफू कुनै पार्टीमा आबद्ध भएको वा नभएको बारे केही बताएका छैनन् । एक साताअघि घिमिरेले एमाले उम्मेदवार लालबाबु पण्डितका लागि फेसबुकबाट मत मागेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *