प्रधानमन्त्रीलाई लक्षित गरी बाटोमा बम, ४ थान पेस्तोल र ३९ राउन्ड गोलीसहित तनहुँमा ३ जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  

कैलाली, १८ मंसिर । कैलालीमा प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गरी बम राखिएको फेला परेको छ । धनगडीमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा बसेको होटेल नजिकै बम फेला परेको हो ।

यसैबीच, तनहुँमा ४ थान पेस्तोल र ३९ राउन्ड गोलीसहित तीनजना पक्राउ परेका छन् । तनहुँको आँबुखैरेनी–३ बाट उक्त हतियारसहित तीनजना पक्राउ परेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा स्थानीय अभियान श्रेष्ठ, विजय गुरुङ र जय गुरुङ रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner