रियल लाइफका यी पाँच जोडी साली–भेना र देवर–भाउजु, जसले पर्दामा गरे रोमान्स

  • 4K
  •  
  •  
  •  
  •  
    4K
    Shares

काठमाडौं, १८ मंसिर । बलिउडमा केही यस्ता जोडी छन्, जो अनस्क्रिन हिट भएका छन् । उनीहरु रियल लाइफमा नजिकका नातेदार समेत हुन् । उनीहरु देवर–भाउजु र साली–भेना पर्छन । उनीहरुको जोडीलाई दर्शकले खुबै मन पराएका छन् ।

हेर्नुहोस् सूची

१. राजेश खन्ना–सिम्पल कपाडिया

आफ्नो जमनाका सुपरस्टार हुन् राजेश खन्ना । उनले डिम्पल कपाडियासँग विवाह गरे । राजेश खन्नाले श्रमती डिम्पलकी बहिनी सिम्पललाई बलिउडमा डेब्यू गराए । यी दुईले फिल्म ‘अनुरोध’ मा काम गरेक थिए ।

२. नसीरुद्दीन शाह–सुप्रिया पाठक

नसीरुद्दीन शाह र सुप्रियाले फिल्म ‘मासूम’मा काम गरेका छन् । यसका साथै उनीहरुले फिल्म ‘बाजार’, ‘मिर्च मसाला’ मा पनि काम गरेका छन् । नसीरुद्दीन सुप्रियाकी बहिनी दिदी रत्नाका पति हुन् ।

३. अनिल कपूर–श्रीदेवी

अनिल कपूर र श्रीदेवीको जोडिलाई अनस्क्रिन खुबै मन पराइयो । यी दुई तीन फिल्ममा एक साथ काम गरेका छन् । ‘लम्हे’, ‘जुदाई’ र ‘मिस्टर इन्डिया’ मा उनीहरुले सँगै काम गरेका हुन् । उनीहरुको जोडि पर्दामा फिट मानिन्थ्यो । श्रीदेवी अनिल कपूरका दाजु बोनी कपूरकी पत्नी हुन् ।

४. अजय देवगन–रानी मुखर्जी

अजय देवगन र रानी मुखर्जीले फिल्म ‘चोरी चोरी’ र ‘एलओसी कारगिल’मा काम गरेका छन् । उनीहरुको जोडिलाई दर्शकले खुबै मन पराएका थिए । रियल लाइफमा रानी अजयकी साली हुन् । रानी अजयकी पत्नी काजोलकी बहिनी हुन् ।

५. उदय चोपडा–रानी मुखर्जी

रानी मुखर्जीले भेना र देवर दुवैसँग स्क्रिन शेयर गरेकी छन् । फिल्म ‘मुझसे दोस्ती करोगे’ मा उदयले रानी मुखर्जीसँग काम गरेका छन् । जुन फिल्ममा उनी रानीसँग प्रेम गर्छन् । रानी उनका दाजु आदित्य चोपडाकी पत्नी हुन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *