एकै खालका कथा भएका शाहरुखका ६ हिट फिल्म

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर । शाहरुख खानलाई बलिउडमा ‘किङ खान’ त्यसै भनिएको होइन । एक लामो यात्रा तय गरेर उनी बलिउडका बादशाह बनेका हुन् । उनले आफु सफल हुन ठूलो मेहनत गरेका छन् । आजसम्म पनि उनी उत्तिकै चर्चामा छन् । उनका ६ यस्ता फिल्म छन्, जसको कथाको जग उस्तै छ । ती सबै हिट फिल्मको सूचीमा छन् । यी सबै फिल्ममा शाहरुखले दोस्रो व्यक्तिको मंगेतरलाई चोरेका छन् । मतलब मंगेतरको दिल चोर्न माहिर छन्, ‘किङ खान’ ।

हेर्नुहोस् सूची

१. जब हैरी मेट सेजल

गुजराती मंगेतरको हराएको औंठी खोज्न मदत गर्ने चक्करमा अनुष्का शाहरुखसँग फिदा हुन्छिन् ।

२. परदेश

परदेशमा महिमा चौधरीको विवाह विवेक अग्निहोत्रीसँग तय हुन्छ । फिल्लमा महिमालाई शाहरुखले सहयोग गर्ने गर्छन । यही बेला दुवै एकअर्काको प्रेममा पर्छन् ।

३. दिलवाले दुल्हनिया ले जाएंगे

फिल्ममा शाहरुखको दिल काजोलसँग फिदा हुन्छ । काजोलको विवाह तय भइसकेको हुन्छ । यही समयमा शाहरुखको इन्ट्री हुन्छ । शाहरुखले अन्ततः काजोलको मन चोरेरै छाड्छन् ।

४. दिल तो पागल है

फिल्म ‘दिल तो पागल है’ मा शाहरुखको जादु माधुरीसँग चल्छ । शाहरुखले माधुरीलाई अक्षयबाट छुटाएर आफुसँग ल्याउँछन् । फिल्ममा माधुरीको विवाह अक्षयकुमारसँग बाल्यकालमा तय भएको हुन्छ ।

५. कुछ–कुछ होता है

यो फिल्ममा सालमान खानकी मंगेतर चोरेका छन् । फिल्ममा शाहरुखलाई दुई हिरोइन मिल्छन् ।

६. वीर जारा

फिल्ममा शाहरुखको शिकार बन्छन् मनोज वाजपेयी । पाकिस्तान निवासी जारा (प्रिती जिन्टा) भारत आउँछिन् । उनको भेट वीर (शाहरुख खान)सँग हुन्छ । जाराको विवाह मनोजसँग तय भएको हुन्छ । तर, शाहरुखले प्रितीको दिल चोरेरै छोड्छन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *