धुर्मुस सुन्तलीको प्रेमिल गीत युट्युबको दोस्रो नम्बर ट्रेन्डिङमा (भिडियो)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर । कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले अभिनय गरेको म्युजिक भिडियो युट्युबको २ नम्बर ट्रेन्डिङमा परेको छ ।

धुर्मुस सुन्तलीको दसौं वैवाहिक वर्षगाँठका अवसरमा सार्वजनिक गरिएको ‘म जुन दिनदेखि…’ गीतलाई सोमबार बिहानसम्म पाँच लाख ७६ हजारभन्दा धेरै पटक हेरिएको छ । आफूले अभिनय गरेको गीतको भिडियो युट्युबको दोस्रो नम्बर ट्रेन्डिङमा पुगेकोमा कलाकार कट्टेलले खुसी व्यक्त गरेका छन् ।

राजेशपायल राई र अञ्जु पन्तले गाएको सो गीतका रचनाकार संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयका सचिव दिनेश थपलिया र संगीतकार अर्जुन पोखरेल हुन् । सो म्युजिक भिडियोको निर्देशन धुर्मुस सुन्तलीले गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *