कांग्रेस युवा नेता गगन थापालाई लक्षित गर्दै बम प्रहार, थापा सहित ११ घाइते (नामावलीसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसका युवा नेता गगन थापालाई लक्षित गर्दै बम प्रहार भएको छ । चपलीमा घरदैलो कार्यक्रममा रहेका थापालाई लक्षित गर्दै सोमबार बिहान अज्ञात समूहले बम प्रहार गरेको हो ।

काठमाडौंको बुढानिलकण्ठ स्थित चपलिहाइटमा आयोजित चुनावीसभामै बम प्रहार भएको हो । बम विस्फोट हुँदा थापा सहित ६ जना घाइते भएका छन् । थापाकाे ढाड, खुट्टा र कानमा चोट लागेकाे छ ।

घाइते हुनेमा थापा, जयराज लामिछाने, राजकाजी श्रेष्ठ, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, रेणु बरुवाल, श्याम कृष्ण श्रेष्ठ, सुमन खड्का, रविन्द्र कार्की, कविलाल श्रेष्ठ, पर्शुराम थापा रहेकाे अस्पतालले जनाएकाे छ ।

घाइते मध्ये ४ जनाको अवस्था गम्भिर भएको बताइएको छ । घाइतेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *