बम ढिलो पड्केकाले गगन थापा बालबाल बचे, शिक्षण अस्पतालमा शुभचिन्तकको भीड (भिडियोसहित)

  • 2.3K
  •  
  •  
  •  
  •  
    2.3K
    Shares

काठमाडौं, १८ मंसिर । हत्या प्रयासबाट बालबाल बचेका कांग्रेस युवा नेता गगन थापाको अहिले शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । उनीसहित ११ जना घाइते भएका छन् ।

शिक्षण अस्पतालमा अहिले शुभचिन्तकको ठूलो भीड लागेको छ । सयौं कांग्रेसका नेता कार्यकर्ता, शुभचिन्तकको भीडले अस्पताल परिसर पूरै भरिएको छ ।

चुनावी प्रचारका क्रममा बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपली हाइटमा घरदैलोमा रहेका बेला थापालाई लक्षित गरी बम विस्फोट गराइएको थियो ।

थापाका सहयोगीका अनुसार उनलाई लक्षित गरेर हानेको बम पड्कन केही ढिला भएकाले ढाड, खुट्टा र कानमा मात्रै चोट लागेको छ । ताकेरै हानेको बम प्रहारबाट नेता थापा बालबाल बचेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *