अनुसन्धान विभागको रिपोर्ट– वाम गठबन्धन दुई तिहाई बहुमत नजिक

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर । दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको केही घण्टापछि मौन अवधि सुरु हुँदैछ । मतदानको तीन दिन अघि सोमबारसम्म भइरहेका चुनावी सभाहरुमा दलहरुले आ–आफूले बहुमत ल्याउने दाबी गरिरहेका छन् ।

कांग्रेसले बहुमत ल्याउने दाबी गरेको छ भने एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याउने बताएको छ । वाम गठबन्धनको दाबीसँग मिल्ने गरी राष्ट्रिय अनुसन्धान विभागले पनि आफ्नो रिपोर्टमा चुनावको सम्भावित परिणामको आंकलन उल्लेख गरेको छ ।

विभागले एमाले सबैभन्दा ठूलो दल बन्ने प्रक्षेपण गर्दै वाम गठबन्धनले दुई तिहाइ मत ल्याउने आफ्नो रिपोर्टमा उल्लेख छ । रिपोर्टकाअनुसार एमालेले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ५० देखि ७० सीट जित्ने र समानुपातिकमा ३१ देखि ४१ सीटसम्म जित्ने छ । यसर्थ एमालेले कुल ८१ सिटदेखि १११ सिटको बीचमा परिणाम ल्याउने रिपार्टमा उल्लेख छ ।

यसैगरी, विभागको रिपोर्टमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३० देखि ३५ सिटको हाराहारीमा जित्ने र समानुपातिकसमेत जोड्दा करिब ५०–६० सिट पुग्ने देखाइएको छ । एमाले र माओवादीको कुल सिट जोड्दा करिब १६१ सिट आउन देखिन्छ । साधारण बहुमतका लागि १३८ र दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्छ ।

यस्तै, कांग्रेसले प्रत्यक्षमा एमालेको भन्दा १० सिट कम ७० देखि १०० सिटसम्म ल्याउन सक्ने विभागले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *