यी हुन् आकाशमै सेक्स गर्न दिने एअरलाइन्स

  • 1.8K
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

अहिलेको समयमा अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरु यात्रुलाई राम्रो भन्दा राम्रो सुविधा दिने होडबाजी नै चलिरहेको छ । यही अवस्थामा एक एयरलाइन्स कम्पनीले भने आफ्ना यात्रुलाई यौन सम्पर्क गर्न दिने सुविधा प्रदान गरिरहेको छ । अमेरिकाको प्राइभेट एयरलाइन्स कम्पनी फ्लेमिंगो एयरले आफ्ना यात्रुलाई यो अफर प्रदान गरिरहेको हो ।

कम्पनीले सन् २०१३ मा माइल हाई क्लब नामबाट यो सेवा सुरु गरेको हो । यो सेवा प्राप्त गर्नका लागि यात्रुले जोडीको ४९५ डलर शुल्क तिनुपर्नेछ ।

कम्पनीले बितेका वर्षहरुमा हजारौँ जोडीहरुलाई सहयोग गरिसकेको फ्लेमिंग एयरलाइन्सले जनाएको छ ।  यसमा प्राइभेट प्लेजमा बीचको सिट हटाएर एउटा बेड बनाइएको छ । जहाज उडाउने एक पाइलट पनि अगाडि हुन्छन् ।

फ्लेमिंगोको सिको गर्दै अमेरिकामा अन्य वायुसेवा कम्पनीले पनि यस्तो सर्भिस सुरु गरेका थिए । तर त्यो रोमान्सको साटो केवल शारीरिक सम्बन्ध बनाउने कुरामा मात्र आधारित रह्यो ।

सन् २०१६ देखि फ्लेमिंगोलाई अर्को कम्पनी लभ क्लाउडलाई टक्कर दिइरहेको छ । लभ क्लाउडले नयाँ जोडीका अलावा पाका जोडीहरुलाई पनि आफ्नो सेवा दिन्छ । साथै विवाहको वर्षगाँठ आदिमा पनि यसमा विशेष व्यवस्था गरिएको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *