स्वरसम्राट नारायण गोपाल : एउटा मान्छेको मायाले कति….

  • 157
  •  
  •  
  •  
  •  
    157
    Shares

काठमाडौँ १९ मंसीर । स्वरसम्राट नारायण गोपालको मंगलवार (आज) २७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपाली सांगीतिक फाटमा अतुलनीय योगदान दिएका स्वरसम्राटको जन्म वि सं १९९६ सालमा काठमाडौंको किलागलमा भएको थियो ।

नेपाली चलचित्र र आधुनिक गीत गरि एक सय ३६ भन्दा धेरै गीत गएका नारायण गोपालले माणिकरत्न र प्रेमध्वज प्रधानको संगीतमा तयार भएको गीतबाट २०२० सालमा रेडियो नेपालको स्वर परिक्षा पास गरेका थिए । उनी पहिलो पटक भने स्वरपरीक्षमा अनुत्तीर्ण भएका थिए ।

राणाकालबाट मुक्त भएर नयाँ परिवर्तनको लहरमा उभिरहेको नेपालको नयाँ स्वरलाई उनले विस्तारै प्रेम, जीवन र राष्ट्र निर्माणका हरेक गीतबाट उच्चता दिएका थिए । नेपाली भाषाका पहिलो पुस्ताका गायकको रुपमा समेत चिनिएका उनले   वि.सं. २०२७ साल फागुनमा पेमाला लामासँग विवाह गरेका थिए ।

उनले गएको ‘एउटा मान्छेको मायाले’,’पर्खी बसे आउला भनी’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘जुन फुल मैले चाहेको थिए’,’केहि मिठो बात गर’ ‘मेरो बेहोसी’,’मत लालीगुराँस भए छु’, ‘यति धेरै माया दिए’, ‘यो सम्झने मन छ’ ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ जस्ता दर्जनौ कालजयी  गीत नेपाली संगीतमा दिएका थिए । उनको निधन वि.सं. २०४७ साल मंसिर १९ गते राति ९ बजे बीर हस्पिटलमा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *