राहुल गान्धी निर्विरोध भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्ष

  • 417
  •  
  •  
  •  
  •  
    417
    Shares

काठमाडौं, १९ मंसिर । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको ध्यक्ष पदमा राहुल गान्धी निर्विरोध निर्वाचित हुने भएका छन् ।
उम्मेदवारी दर्ता गराउने अन्तिम म्याद सोमबारसम्म राहुलको मात्रै उम्मेदवारी परेका कारण उनी निर्विरोध अध्यक्ष हुने भएका हुन । हाल राहुलकी आमा सोनिया गान्धी भारतीय कांग्रेसकी वर्तमान अध्यक्ष छिन् ।

उनले स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको बताइएको छ । राहुल गान्धी अहिले पार्टी उपाध्यक्ष हुन् ।

पाँच वर्षयता उपाध्यक्ष रहेका राहुलको काँधमा अब भारतकै सबैभन्दा पुरानो पार्टीको नेतृत्व पुग्न लागेको हो । सोनिया गान्धीले भने सन् १९९८ देखि पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी थिइन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *