‘ए मेरो हजुर २’ को प्रिमियरमा झरना र साम्राज्ञीलाई न्यानो आतिथ्य (तस्बिर)

  • 2.2K
  • 1
  •  
  •  
  •  
    2.2K
    Shares

काठमाडौं, १९ मंसिर । पहिलो पटक निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर २’ को सफलतापछि झरना थापा दंग परेकी छन् । नेपालमा राम्रो सफलता पाएपछि अहिले उनी अस्ट्रेलियामा चलचित्र सो देखाइरहेकी छन् ।

अस्ट्रेलिया टुरमा ‘ए मेरो हजुर २’ लाई दर्शकले निकै रुचाएको उनको भनाइ छ । चलचित्रको सो देखाउन हलमा जाने बेला झरना थापा, साम्राज्ञीराज्यलक्ष्मी शाहको न्यानो आतिथ्य गरिएको थियो ।

‘नेपाल र नेपालभन्दा बाहिर थुप्रै देशमा हाम्रो चलचित्र ‘ए मेरो हजुर २’ लाई अत्यधिक मन पराइदिनुभएको छ ! नेपाली चलचित्रको अर्को ठूलो बजार भएको अस्ट्रेलियामा हाम्रो चलचित्र हेर्न आइदिनुहुने सम्पूर्ण दर्शकप्रति आभारी छौं,’ अस्टे«लियामा रहेकी झरनाले फेसबुकमा लेखेकी छन् ।

प्रेमकथात्मक ‘ए मेरो हजुर २’ मा साम्राज्ञी र सलिनमान बानियाँको मुख्य अभिनय रहेको छ । झरना थापाले छिट्टै नयाँ चलचित्र निर्देशन गर्ने बताएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *