बाख्राको दुध पिउनुभएको छ ? यस्ता छ फाइदा (भिडियो)

  • 254
  •  
  •  
  •  
  •  
    254
    Shares

दुध हामी सबैलाई मन पर्छ । दुध पिउँदा स्वास्थ्यमा एकदमै फाइदा पनि मिल्छ । दुध पिउनाले हाम्रो शरीरमा क्याल्सियमको मात्रा कमी हुन दिँदैन । दुध भन्ने वित्तिकै हामी अक्सर गाई वा भैँसीको दुधलाई सम्झन्छौँ । तर तपाईलाई थाहा नहुन पनि सक्छ गाई भैँसीको भन्दा बाख्रीको दुध झनै पोषिलो हुन्छ । आज हामी तपाईलाई बाख्रीको दुध पिउँदा हुने फाइदाको बारेमा जानकारी गराउँदै छौँ ।

१. रोगसंग लड्ने क्षमता बढाउँछ
बाख्रीको दुधमा गाई भैँसीको भन्दा बढि पोषक तत्व पाईन्छ । यसले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसका अलावा विभिन्न रोग लाग्नबाट पनि बचाउँछ ।
२. शिशुको लागि फाइदाजनक
बाख्रीको दुध आमाको दुध बराबर हुन्छ । केही कारण आमाको दुध कम आएमा बाख्रीको दुध पिलाउनुहोस् । यसले पाचन सम्वन्धि कुनै समस्या हुँदैन ।
३. डेंगुमा लाभ
बाख्रीको दुधमा औषधीय गुण हुन्छ । यो आयुर्वेदिक दृष्टिकोणले निकै महत्वपुर्ण छ । यसले डेंगु रोग लाग्न दिँदैन । यसले डेंगु रोग लागेका विरामीलाइृ पनि निकै फाइदा गर्छ । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै अतिसार, क्षय, रक्तपित्त, खसखस ज्वरो लगायत पनि हटाउँछ ।
४. त्वचा सुन्दर हुन्छ
बाख्रीको दुध त्वचाको लागि अति फाइदाजनक हुन्छ । बाख्रीको दुधमा पीएच लेभल हाम्रो त्वचाको बराबर हुन्छ । यसले हाम्रो चाउरी परेको छाला, दागसमेत हटाउँछ ।
५. हृदयरोगीलाई फाइदा
बाख्रीको दुध हृदय रोगीलाई निकै फाइदा गर्छ । यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ ।
६. कपालको लागि पोषण
बाख्रीको दुधमा क्याल्सियम, प्रोटिन, फस्फोरस, भिटामिन बी, पोटासियम लगायत पाईन्छ । यसले कपाल झर्न रोक्छ साथै मुलायम र चमकदार देखिन्छ ।
७. तौल कम गराउँछ
बाख्रीको दुध सेवन गर्दा शरीरमा तौल बढ्न दिँदैन । यसले बोसोको मात्रा बढ्न नदिई मोटोपना समेत कम गराउँछ ।
८. विभिन्न रोगीलाई फाइदा
बाख्रीको दुधले मधुमेह, क्षयरोग तथा क्यान्सर समेत हुनबाट समेत बचाउँछ । यसका अलावा हड्डी मजबुत बनाउनुका साथै रक्तचाप नियन्त्रण, आँखाको रोशनी बढाउने लगायतका विभिन्न फाइदाहरु मिल्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *