सुरक्षा व्यवस्था भरपर्दो छ ढुक्क भएर मतदान गर्नुस्– प्रमुख आयुक्त

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १९ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सुरक्षा व्यवस्था भरपर्दाे रहेकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।

काठमाडौं मंगलबार आयोजित कार्यक्रममा प्रमुख आयुक्त यादवले सरकारद्वारा सुरक्षाको बलियो प्रबन्ध गरेको हुँदा ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन् । यद्यपी निर्वाचनको पूर्वसन्ध्यामा उमेदवारलाई लक्षित बम विस्फोटका घट्नाहरुप्रति उनले खेद व्यक्त गरे ।

आउँदो बिहीबार ४५ वटा जिल्लाका दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । उक्त निर्वाचनको सबै तयारी पूरा भएको यादवको भनाइ छ ।

उनले भने, ‘मतदाताहरुलाई परिचपत्र बाँड्ने कामदेखि लिएर अन्य व्यवस्थापकीय काम सम्पन्न भइसकेको छ, आयोग अहिले २४ सैं घण्टा स्ट्याण्डबाई अवस्थामा छ, जिल्लामा केही कठिनाई भए ती सबै समस्याहरु हल गर्नको लागि हामी तयारी अवस्थामा बसेका छौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *