शक्तिशाली सामुद्रीक चक्रवातको असर : नेपालमा वर्षा र हिमपात हुने

  • 2.7K
  •  
  •  
  •  
  •  
    2.7K
    Shares

काठमाडौं, १९ मंसिर । मौसममा आएको बदलीले चिसोको महसुस बढेको छ । नेपालको सूदूर र मध्यपश्चिमी भागको आकाशमा बदली भएको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसँगै वर्षा हुने अनुमान गरिएको छ ।

अरब सागरमा उत्पन्न भएको शक्तिशाली सामुद्रीक चक्रवात (साइक्लोन) का कारण नेपाली आकाशमा बादली भएको मौसमविद्हरुले जानकारी दिएका छन् । उनीहरुकाअनुसार भारतको उत्तर पश्चिम हुँदै नेपाल प्रवेश गरेको जलवाष्पयुक्त वायुका कारण हिमाली क्षेत्रमा हिमपातसँगै वर्षा हुने देखिन्छ ।

भारतमा तीन दिनदेखि देखिएको चक्रवातको असर भने नेपालमा सोमबार बिहानदेखि सुरु भएको हो । सोमबार बिहान सूदूरपश्चिम हुँदै नेपाल प्रवेश गरेको उक्त वायुले पश्चिमी क्षेत्रको आकाशमा असर गरिसकेको छ भने मध्यभागसहित पूर्वी क्षेत्रमा बुधवारसम्मै असर निम्त्याउने देखिन्छ ।’

काठमाडौंसहित मध्य पूर्वी भागमा वर्षाको संभावना नभए पनि चिसोको मात्रा बढ्ने अनुमान गरिएको छ ।मौसम पूर्वानुमान महाशाखाले भू–उपग्रह (स्याटेलाईट) बाट प्राप्त तस्वीर तथा गणितीय मौसमको विश्लेषण गर्दै बुधवारसम्मको संभावित मौसमी अवस्थाबारे सर्वसाधारणलाई जानकारी गराएको छ ।

जसअनुसार सोमवारदेखि पश्चिम र मध्य क्षेत्रको हिमाली भेगमा बदली सुरु भइसकेको छ भने मंगलबारदेखि सूदूर र मध्य पश्चिम क्षेत्रमा हिमाली र मध्यपहाडी क्षेत्रमा वर्षा सहित हिमपात हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *