सैफ अलीकी छोरी साराको फिल्म ‘केदारनाथ’ का लागि बनाइयो सात करोडको भव्य सेट

  • 1.6K
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

काठमाडौं, १९ मंसिर । सैफ अली खानकी छोरी सारा र सुशान्त सिंह राजपूत अहिले फिल्म ‘केदारनाथ’को सुटिङमा व्यस्त छन् । पहिले फिल्म केदारनाथ पुगेर गरियो । तर अहिले मुम्बईमा भइरहेको छ ।

जसका लागि मुम्बईमै केदारनाथको सेट तयार गरिएको छ । यो सेट बनाउन ७ करोड बढी लागेको बताइएको छ । निमार्णपक्षका अनुसार फिल्ममा बाढीको सिन रहेकाले यो सेट बनाइएको हो । फिल्म निर्माणको सवालमा कुनै कसर नछोडेको निर्माणपक्षले दावी गरेको छ ।

यो फिल्म सैफ र अमृता सिंहकी छोरी साराको डेब्यू फिल्म समेत हो । यो फिल्म २०१८ को डिसेम्बरमा रिलिज हुनेछ । फिल्मलाई अभिषेक कपूरले निर्देशन गरिरहेका छन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *