यस्ता छन् बन्दाकोपी खानुका ७ फाइदाहरु (भिडियो)

  • 170
  •  
  •  
  •  
  •  
    170
    Shares

बन्दाकोपी तरकारी बाली हो । हामी यसलाई तरकारी अचार वा सलाद बनाएर खाने गछौँ । यसका अलावा बन्दाकोपीमा औषधीय गुण पनि रहेको हुन्छ । यसमा उच्च रक्तचाप, पत्थरी, पिसाब सम्वन्धी समस्या, अल्सर लगायतको रोगहरु लाग्नबाट बचाउने तत्वहरु रहेको हुन्छ ।
आज हामी बन्दाकोपीको फाइदाबारे जानकारी गराउँदै छौँ ।

१. क्यान्सर रोगीलाई फाइदाजनक
बिहान खाली पेटमा आधा कप बन्दाकोपीको रस नियमित पिउनाले प्रारम्भिक अवस्थाको क्यान्सर ठीक हुन्छ । पुरानो क्यान्सर भएकाले पनि दिनको ३–४ पटक बन्दाकोपीको एक एक कप रस पिउनाले फाइदा गर्छ ।
२. कोलाइटिस भएमा
२ कोलाइटिस भएका विरामीलाई दुई दिनसम्म उपवास राख्नुहोस् । त्यो बेला उसलाई दही मात्र पिउन दिनुहोस् । तेस्रो दिन खाली पेटमा दुई गिलास पानी, तीन चम्चा मह, आधा कागतीको रस मिलाएर पिउन दिने । त्यसपछि एक कप गाजरको रस, एक चौथाई पालकको रस, र एक कप बन्दाकोपीको रस मिलाएर पिउन दिने । बेलुका खानामा मेवा दिने यसरी नियमित खुवाउनाले एक सातामा पूर्ण आराम मिल्छ ।
३. हृदय रोगमा
एक कप बन्दाकोपीको रसमा दुई चम्चा मह मिसाए हरेक दिन २ पटक पिउने त्यसपछि सिँढी चढ्नाले कम फुल्ने, धड्कन तेज हुने हृदयको दुर्वलता ठीक भएर जान्छ । यसरी २–३ महिना निरन्तर गराउनाले लाभ मिल्छ ।
४. मोटोपनामा
मोटोपनले सताएको व्यक्तिले बन्दाकोपीको रस एक कपमा आधा कप पानी मिसाएर दिनको २ पटक पिउनाले फाइदा हुन्छ ।
५. पाइरिया भएमा
बन्दाकोपीको काँचो पात ५० ग्राम नियमित खानाले पाइरिया तथा दाँत सम्वन्धि अन्य रोगबाट मुक्ति मिल्छ ।
६. कपाल झरेमा
बन्दाकोपीको काँचो पात करिव ५० ग्राम खानाले कपाल झर्न रोकिन्छ । बन्दाकोपीको रस कपालमा लगाएर १० मीनेट पछि धुनुहोस् । करिव १ साता सम्म यसो गर्नुभयो भने कपाल झर्न रोकिन्छ ।
७. अल्सरमा
बन्दाकोपीको रस आधा गिलासमा त्यति नै मात्रामा पानी मिसाएर पिउनाले अल्सर निको भएर जान्छ । बन्दाकोपीको ताजा रस दिनको ३ कप बिहान, दिउँसो र बेलुका पिउनाले पेप्टिक अल्सर निको हुन्छ । एक साता सम्म यसरी खानुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *