स्पोर्टिङ लिस्बोनलाई हराउँदै बार्सिलोना समुह विजेता

  • 363
  •  
  •  
  •  
  •  
    363
    Shares

काठमाडौं, २० मंसिर । यसअघि नै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको स्पेनिस क्लब बार्सिलोनाले समूह चरणको अन्तिम खेलमा स्पोर्टिङ लिस्बोनलाई हराएको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले स्पोर्टिङ लिस्बोनलाई २–० ले हराएको हो । बार्सिलोनाको जितमा पाको अलकेसरले गोल गरे भने अर्को एक गोल स्पोर्टिङका जेरेमी म्याथ्युले आत्मघाती गोल गरे ।

जितपद्धि समूह ‘डी’ को विजेता बार्सिलोनाको १४ अंक भयो । यस्तै राति नै भएको खेलमा ओलम्पिआकोसलाई २–० ले हराएको युभेन्टसले समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको छ । अवे मैदानमा भएको खेलमा युभेन्टसलाई जिताउन कुएड्राडो र बेर्नाडेस्चीले गोल गरे । युभेन्टसले ११ अंक जोडेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *