हारेर पनि पिएसजी समुह विजेता, पहिलो लेगमा बार्यनलाई हराएको पिएसजी दोस्रो लेगमा पराजित

  • 342
  •  
  •  
  •  
  •  
    342
    Shares

काठमाडौं, २० मंसिर । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा जर्मन क्लब बार्यन म्युनिखले फ्रेन्च क्बल पेरिस सेन्ट–जर्मेन ९पिएसजी० लाई पराजित गरेको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बुण्डेस लिगा क्लब बार्यन म्युनिखले पिएसजीलाई ३–१ ले हराएको हो । पराजित भए पनि पिएसजी समूह ‘बी’ को विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाउन सफल भयो । बार्यनको जितमा रोबर्ट लेवानडोस्कीले एक गोल गरे भने कोरेन्टिन टुलिसोले दुई गोल गरे ।

पिएसजीका लागि केलियन एमबाप्पेले एक गोल फर्काए । यसअघि पिएसजीको मैदानमा भएको पहिलो लेगमा बार्यन म्यूनिख ३–० ले पारजित भएको थियो । दोस्रो लेगमा जित निकालेको बार्यनले १५ अंक जोडेको छ । पिएसजीको पनि सामान १५ अंक छ । तर गोल अन्तरका आधारमा पिएसजी समूह विजेता बनेका छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *