च्याम्पियन्स लिगः चेल्सी अन्तिम १६ मा पुग्दा एथ्लेटिको मड्रिड बाहिरियो

  • 406
  •  
  •  
  •  
  •  
    406
    Shares

काठमाडौं, २० मंसिर । स्पेनिस क्लब एथ्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । अवे मैदानमा मंगलबार राति भएको समूहको अन्तिम खेलमा इंग्लिस क्लब चेल्सीसँग १–१ को बराबरीमा रोकिएसँगै एथ्लेटिकोको समुह चरणबाटै बाहिरिएको हो ।

बराबरीले एथ्लेटिको यात्राम त टुंगियो नै चेल्सीको समूह विजेता बन्ने सपना समेत चकनाचुर भयो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५६ औं मिनेटमा साउल निगुएजले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए ।

तर ७५ औं मिनेटमा एथ्लेटिकोका स्टेफान साविकले आत्मघाति गोल गरेपछि खेल १–१ को बराबरी भयो । बराबरीपछि चेल्सी समूह ‘बी’ को उपविजेता बन्यो । चेल्सीले ६ खेलबाट ११ अंक भएको छ ।

यस्तै राति नै भएको खेलमा एफके क्वाराब्यागलाई १–० ले हराएको रोमा भने समूह विजेता बन्यो । उसको पनि ११ अंक नै छ तर गोल अन्तरका आधारमा चेल्सीलाई पछि पारेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *