सिएसकेए मस्कोलाई हराउँदै म्यानचेस्टर युनाइटेड समूह विजेता

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेलमा जित निकालेको छ ।

जितसँगै युनाइटेड समूह ‘ए’ को विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । युनाइटेडले सिएसकेए मस्कोलाई २–१ ले हरायो । पहिलो हाफमा १–० ले पछि परेको युनाइटेडले दोस्रो हाफमा गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो । ४५ औं मिनेटमा विटिन्होको गोलबाट मस्कोलो सुरुवाति अग्रता लिएको थियो ।

तर ६४ औं मिनेटमा रामेलु लुकाकुले युनाइटेडका लागि बराबरी गोल गरे । त्यसको दुई मिनेटपछि मार्कस राशफोर्डले युनाइटेडका लागि विजयी गोल गरे ।

जितपछि ६ खेलबाट १५ अंक जोडेको युनाइटेड समूह विजेता बन्यो । यस्तै राति नै भएको खेलमा बेन्फिकालाई २–० ले हराएको एफसी बासेल समूह उपविजतोको रुपमा अन्तिम १६ मा पुगेको छ । उसले ६ खेलबाट १२ अंक जोडेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *