ज्वालामुखी फुट्दा मन्दिरदेखि जंगलसम्म सबै कालो

  • 310
  •  
  •  
  •  
  •  
    310
    Shares

काठमाडौं, २० मंसिर । इन्डोनेसियाको बाली टापुमा रहेको आगुङ पर्वतमा ज्वालामुखी विस्फोटको आशंकाका कारण रेड अलर्ट जारी भएको छ ।

सोही ठाँउमा भएको ज्वालामुखि विस्फोटको आवज १२ किलोमिटर परसम्म सुनिएको थियो । ६ किलोमिटर परसम्मको क्षेत्रलाई लाभाले ढाकेको बताइएको छ । धूँवा र खरानीको राख चार हजार मिटरमाथिसम्म पुगेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

अगुङको ऐतिहासिक र प्राचीन मन्दिरदेखि लिएर जंगलसम्म कालो भएको थियो । बीस किलोमिटर इलाकाका सबै क्षेत्र खाली गराइएको थियो । ज्वालामुखीका कारण पछिल्ला केही दिनमा भूकम्प आइरहेको थियो ।

भूकम्पका कारण बर्दरबुंगामा हलचल भएको थियो । ज्वालामुखीवरिपरिको २० किलोमिटर इलाका खाली गरिएको थियो । यस रूटबाट उड्ने सबै विमानको बाटो परिवर्तन गरिएको छ ।

चवन्न वर्षअघि साढे सात किलोमिटरसम्म अगुङको खरानी फैलिएको थियो । त्यतिखेर ११ सयभन्दा बढी मानिस मारिएका थिए । इन्डोनेसियामा अहिले पनि १२० ज्वालामुखी सक्रिय छन् । यो कुनै बेलामा पनि फुट्न सक्छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *