चिया खपत नहुँदा किसान चिन्तित

  •  
  •  
  •  
  •  
  •  

सरिता राई

भोजपुर, २० मंसिर । भोजपुरमा उत्पादन भएको चिया खपत नहुँदा किसानहरु चिन्तित बनेका छन् । हाते चिया उत्पादन गर्दै आइरहेका यहाँका किसानहरुका लागि उपयुक्त बजार अभावमा चिया खेती विस्तारको सुरुवातमै मासिने खतरा बढेकाे छ । जिल्लामा चिया प्रशोधन केन्द्र नभएपनि किसानहरुले आगर्निङ अर्थोडक्स चिया उत्पादन गर्दै आएका थिए ।

भोजपुर नगरपालिका ४ मा विगत २ बर्षयता चिया खेती सुरु गरेका २८ घर परिवारले सामुहिक रुपमा थिया खेती गर्न समुहमा कृषि सहकारी दर्ता गरेको स्थानिय कल्याण राईले जानकारी दिए ।

करिव ६० रोपनी जग्गामा चिया विस्तार गरेका किसानले स्थानिय बजारमा समेत चिया खपत नभएपछि आफन्तलाई कोशेली र घरमा मात्र प्रयोग गर्ने गरेको किसान विदुर तामाङ्गको भनाई छ ।

स्रोत साधनको अभाव, प्राविधक सहयोग र ज्ञानको कमी भएको किसानहरु बताउँछन् । यसको प्रर्वद्धन र व्यवस्थापनका लागि सामुहिक कृषि सहकारी संस्थाले दातृ निकायसँग सहयोगको अपेक्षा गरेको छ ।

प्राकृतिक दृष्टिकोणले समेत चिया उत्पादनका लागि भोजपुर जिल्ला राम्रो मानिएपनि पछिल्लो समय दक्षिणी रामप्रसादराई र आमचोक गाउँपालिकामा समेत ठुलो क्षेत्रमा चिया विस्तार भइरहेको स्थानिय गणेश राईले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *