त्रिवि उपकुलपति खनिया अमेरिकाको दीक्षान्त समारोहको प्रमुख अतिथि

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनिया अमेरिकाको युनिभर्सिटी अफ सेन्टर मिसौरीको दीक्षान्त समारोहलाई प्रमुख अतिधिका रुपमा सम्बोधन गर्न त्यस तर्फ प्रस्थान गर्दैछन् ।

आउँदो शनिबार हुने दीक्षान्त समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्न बिहीबार खनियाँ अमेरिका प्रस्थान गर्न लागेका हुन् ।

त्रिवि र युनिभर्सिटी अफ सेन्टर मिसौरीबीच भएका सम्झौता कार्यान्वयनको प्रारम्भ गर्ने उक्त समारोहमा द्विपक्षीय शैक्षिक सहयोग आदानप्रदान गर्ने कार्यक्रम रहेको त्रिविले जनाएको छ ।

सो दीक्षान्त समारोहमा खनियाँसहित त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा.ऋदिश कुमार पोखरेलका साथै व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा पनि सहभागी हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *