आज मध्यरातिबाट सवारी साधन सञ्चालनमा प्रतिबन्ध

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर । सरकारले भोलि (बिहीबार) प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन हुने ४५ जिल्लामा आज (बुधबार) मध्यराति १२ बजेबाट सवारी साधन सञ्चालनमा रोक लगाएको छ । गृह मन्त्रालयकाअनुसार बिहीबार मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारी साधन चलाउन पाउने छैन।

यद्यपी सुरक्षा निकायका सवारी साधन, निर्वाचन प्रयोजनका लागि सवारी पास लिएका सवारी साधन, अत्यावश्यक सेवाका सवारी साधन मात्रै संचालन हुने गृह मन्त्रालयले जनाएको छ । बिहीबार बिहान ७ बजे देखि मतदान सुरु हुने भएपनि बुधबार मध्यरातिदेखि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाउनेछन् ।

मतदानको समय सकिएपछि ५ बजेबाट सवारी साधन सञ्चालन गर्न दिइने यसअघिको प्रचलनलाई परिर्वतन गर्दै सरकारले यसपटक भने साँझ ७ बजेपछि मात्रै सवारी साधन सञ्चालन गर्न दिने भएको छ ।

निर्वाचनमा सहभागी हुन या अन्य प्रयोजनका लागि काठमाडौं उपत्यका बाहिर जाने यात्रुले बुधबार मध्याराति १२ बजे अगाडि नै गन्तव्यमा पुग्नुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *