राजकुमार रावले शाहरुख–सलमानलाई पछारे

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर । नयाँ वर्ष (२०१८) सुरुहुनै लाग्दा बलिउडका अवार्ड समारोह पनि सुरु हुन थालेका छन् । आइतबार बलिउडको स्टार स्क्रीन अवार्ड सम्पन्न भएको छ । अवार्ड समारोहमा कैयौं बलिउड स्टारहरुलाई अवार्डबाट सम्मानित गरिएको छ ।

सम्मानित बलिउड स्टारमध्ये अभिनेता राजकुमार रावले धेरै नै चर्चा बटुलेका छन् । उनलाई ‘न्यूटन’का लागि यो वर्षको ‘बेस्ट एक्टर’ घोषणा गर्दै विशेष सम्मान प्रदान गरिएको थियो । ‘न्यूटन’ मा उनले निभाएको प्रशंसायोग्य भूमिकाका लागि राजकुमार अवार्डका हकदार पनि थिए ।

योसँगै राजकुमारले यो वर्ष अरु सबै सुपरस्टारहरुलाई पछाडि पारिदिएका छन् । ‘किङ खान’शाहरुख २०१७ उनका लागि उपलब्धिपूर्ण हुन सकेन । शाहरुखको कुनै पनि फिल्मले यो वर्ष बक्स अफिसमा अपेक्षाकृत सफलता पाउन सकेन । यो बर्ष शाहरुखका ‘रईस’, ‘जब हैरी मेट सेजल’ नामक फिल्महरु प्रदर्शनमा आए पनि फ्लप रहे । यस्तै ‘दबङ खान’ सलमानको फिल्म ‘ट्यूबलाइट’ले पनि बक्स अफिसमा तहल्का मच्चाउन सकेन ।

उता राजकुमार रावका यस वर्ष प्रदर्शित ‘बरेली की बर्फी’, ‘बहन होगी तेरी’, ‘शादी मे जरूर आना’, ‘राब्ता’, ‘न्यूटन’ ले कमाइ राम्रो गरेका छन् । यही कारण राजकुमारका लागि २०१७ सफल बन्यो । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *