साउथ फिल्मका स्टार ‘कमेडियन’ ब्रम्हानन्दमको फिस एक करोड, खेले हजार बढी फिल्म

  • 1.7K
  •  
  •  
  •  
  •  
    1.7K
    Shares

काठमाडौं, २० मंसिर । पछिल्ला केही बर्षमा दक्षिण भारतीय फिल्मको लोकप्रियता बढ्न थालेको छ । हिन्दी भाषाका दर्शकले साउथ फिल्म खुबै रुचाउछन् ।

साथै नेपाल लगायका देशका नागरिक र हिन्दी भाषा जान्नेहरु पनि साउथ फिल्मका फ्यान छन् । फिल्मी च्यानलमा यस्ता फिल्म प्रशारण भइरहन्छन् । साउथ फिल्मको एक्शन र कमेडी दर्शकले खुबै रुचाउने गरेका छन् । सोही कारण एक्शन र कमेडीको माग समेत उच्च छ । बलिउडले पनि साउथलाई पच्छाउन थालेको छ । टिभी च्यानलमा आउने हर तेस्रो फिल्ममा एक कलाकार कमेडी गर्दै गरेको देखिन्छन् । उनको नाम हो ब्रम्हानन्दम ।

साउथ फिल्मका फ्यानका लागि उनको नाम नयाँ होइन । उनको तस्विर देख्दा पनि धेरैले कमेडी सम्झिएर खित्का छोड्छन् । उनले आफ्नो जिवनमा केही उतार चढाव भागेका छन् । तर आफ्नो मेहनतका कारण उनी स्थापित भइसकेका छन् । उनको नाममा सबैभन्दा बढी फिल्म खेल्नेको रेकर्ड समेत छ । उनले अहिलेसम्म एक हजार भन्दा बढी फिल्ममा काम गरिसकेका छन् ।

उनले एक फिल्ममा काम गरेको एक करोड लिन्छन् । कमेडियनका लागि यो ठूलो कुरा हो । बढ्दो लोकप्रियतालाई हेरेर उनले आफ्नो पारिश्रमिक बढाएका थिए । त्यसले उनलाई फिल्मको कमि भएन । आन्ध्र प्रदेश स्थित साटेनापल्लीमा बस्ने उनी साधारण परिवारमा जन्मिएका हुन् ।

कुनै बेला परिवार सम्हाल्नका लागि उनले एक कलेजमा लेक्चरको जागिर खाएका थिए । उनी विद्यार्थीसामु निकै चर्चित थिए । एक पटक उनले अन्तर क्याम्पस नाटक प्रतियोगितमा भाग लिए र ‘बेस्ट सर्पोटिङ’ आर्टिस्टका अवार्ड समेत जिते । त्यसपछि उनले आफ्नो कला चिने र थिएटर ज्वाइन गरे ।

थिएटरकै माध्यमबाट उनलाई फिल्ममा आउने बाटो खुल्यो । उनले नाटकमा अभिनय गरिरहेको बेला तेलगुका चर्चित निर्देशक जन्धयालाले देखि । जन्धयालाले आफ्नो फिल्ममा सानो रोल गर्न आफर गरेका थिए ।

त्यसपछि उनले पछि फर्किएर हेर्न परेन । आज उनी हजार भन्दा बढी फिल्ममा पछिल्लो २० बर्ष देखि काम गर्दै आएका छन् । सबैभन्दा महंगो कमेडी एक्टर भएपनि उनी साधरण जिवन यापन गरिरहेका छन् । उनी सेटमा नयाँ कलाकार जस्तै सबैसँग घुलमिल गर्ने गर्छन् । उनका पत्नी र दुई छोरा छन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *