अवार्ड कार्यक्रममा करिनाले पूर्व व्वाइफ्रेन्ड भेटेपछि…

  • 1.7K
  •  
  •  
  •  
  •  
    1.7K
    Shares

एजेन्सी । बलिउडका अधिकांश कलाकारहरुको प्रेम सम्बन्धले चर्चा पाइरहने गरेको छ । अधिकांश कलाकारहरुको प्रेम सम्बन्ध जोडिने र टुटिने प्रसङ्गले बलिउड जति तातिन्छ, त्यत्ति नै ब्रेक अप भएका जोडी भेटिका खबरले स्थान पाउने गरेको छ ।

हालै एक अवार्ड कार्यक्रममा पनि करिना कपूरको पूर्व प्रेमी शाहिद कपूरसँग जम्काभेट भएको छ । मुम्बईमा आयोजित फिल्मीफेयर ग्लामर एण्ड स्टाइल अवार्ड कार्यक्रममा पूर्व प्रेमी शाहिद कपूरसँग जम्काभेट भएपछि करिना छलिएर हिँडेको विषयले अहिले बलिउडमा चर्चा पाइरहेको छ ।

करिनाले पोज दिइरहेको बेला शाहिद पनि त्यत्तै गइरहेका थिए । तर, आफू भएतिर शाहिद आएको चाल पाएपछि करिना फोटो सेसनलाईबीचमै छाडेर त्यहाँबाट हिँडेकी थिइन् । आफ्नो पूर्व प्रेमीप्रति करिनाले गरेको यस्तो व्यवहार यो पहिलो हैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *