प्रकाश अर्याल इतिहासकै कमजोर आईजीपी, एसपी, एसएसपीले समेत मान्दैनन् निर्देशन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर । विगत पाँच महिनायता नेपाल प्रहरीमा ‘चेन अफ कमान्ड’ टुटेको महसुस गर्न थालिएको छ । शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी पाएको प्रहरीमा महानिरीक्षकको निर्देशनसमेत मान्न छाडिएकाले यस्तो विश्लेषण गर्न थालिएको हो ।गृह मन्त्रालयका अधिकारीहरू नेपाल प्रहरीको इतिहासमै अहिले सबैभन्दा धेरै मनोबल खस्केको छ । जसका कारण आईजीपी प्रकाश अर्याललाई सबैभन्दा कमजोर आईजीपी भनेर चर्चा सु? भएको छ ।

मुलुकमा दैनिकजसो बम विस्फोटका घटना हुनुमा ‘चेन अफ कमान्ड’ नहुनुलाई नै प्रमुख कारण मानिएको छ । ‘जिल्लाका एसपी, एसएसपी कसैले पनि आईजीपीको निर्देशन टेर्दैनन्, नत्र दिनहुँजसो किन विस्फोटक पदार्थ नाकाबाट भित्रिरहेका छन्,’ गृह स्रोतले भन्यो, ‘आईजीपी भएदेखि अर्यालले कुनै राम्रो निर्देशन दिन सकेको देखिन्न ।’

सरकारले कति बेला आफूलाई हटाउने हो भन्ने तनावमा परेकाले पनि आईजीपी अर्यालले राम्ररी काम गर्न नसकेको बताइन्छ । उनलाई आईजीपी बनाउने बेला असोज मसान्तसम्म बस्ने र एआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउन मार्गप्रशस्त गरिदिने भद्र सहमति भएको थियो । तर, अचानक दसैंको बिदामा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएपछि उनको पद थमौती भएको थियो ।

खासमा निर्वाचनमा कस्तो परिणाम आउने हो भन्ने चिन्तामा उनी रहेको बताइन्छ । डीआईजीबाट राजीनामा दिएर एमाले प्रवेश गरी प्रतिनिधिसभा उम्मेदवार बनेका नवराज सिलवालले जितिहाल्छन् कि भन्ने भय अर्यालमा रहेको बताइन्छ । सिलवाललाई गृहमन्त्री बनाउने एमाले अध्यक्ष केपी ओलीले घोषणा नै गरिसकेका छन् ।

यस्तै, आफूलाई जानकारी नदिइकनै माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेकाले पनि आईजीपी अर्याल सरकारसँग असन्तुष्ट रहेको स्रोतले बतायो । सोही कारण उनले गृहमन्त्रीको जिम्मेवारीसमेत बहन गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अटेर गर्ने गरेको प्रहरी उच्च अधिकृतहरूकै भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *