अर्जुन कपूर र परिणिति चोपडा नेपालमा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर । बलिउड स्टार अर्जुन कपूर र नायिका परिणिति चौपडा सुटिङका लागि नेपालमा रहेका छन् । चलचित्र ‘सन्दिप और पिंकी फरार’को सुटिङका लागि उनीहरु बैतडीको झुलघाटमा रहेका छन् ।

मंगलवारबाट त्यस क्षेत्रमा सुटिङ थालिएका छ । सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्विर पोष्ट गर्दै नायिका परिणितिले आफू नेपालमा रहेको जानकारी दिएकी हुन् ।

अर्जुन कपुर र परिणिति चोपडा अभिनित् ‘सन्दिप और पिंकी फरार’ को यसअघि नयाँ दिल्लीमा छायांकन गरिएको छ । दिल्लीको छायांकन सकेर नेपाल आएका अर्जुन र परिणिती करिब दुई हप्ता बैतडी जिल्लामा रहने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner