कुश्ती खेलाडी यादवको निधन

  •  
  •  
  •  
  •  
  •  

राजविराज, २० मंसिर । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा एकजना कुश्ती खेलाडी मधु यादवको ८२ वर्षको उमेरमा मंगलबार निधन भएको आज जनाइएको छ ।

साविक कोइलाडी मधेपुरा गाविसको विगत १५ वर्षदेखि निरन्तर वडाध्यक्ष रहँदै आएका वडा नम्बर–८ निवासी यादवको असामयिक निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी विगत केही समयदेखि मधुमेह तथा मुटुरोगबाट पीडित रहँदै आएका थिए । कुश्ती खेलका राष्ट्रिय खेलाडीसमेत रहेका उनको जिल्ला तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागी भई दर्जनौँ कप, पदक तथा पुरस्कारसमेत प्राप्त गरेका थिए ।

उनी कोइलाडी मधेपुरास्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत थिए । यस अतिरिक्त सामाजिक क्षेत्रमा उहाँको धेरै योगदान रहेको थियो । यादवका एक पत्नी, छोरा र दुई छोरी रहेका छन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *