बैतडीमा के गर्दैछन् बलिउड स्टार अर्जुन कपूर र परिणिती चाेपडा ?

  • 1.6K
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

काठमाडौं, २० काठमाडौं । बलिउड स्टार अर्जुन कपूर र परिणिती चोपडा अहिले नेपालमा छन् । उनीहरु फिल्म ‘सन्दिप औ पिंकी फरार’ का लागि नेपाल आएका हुन् ।

उक्त फिल्मको सुटिङ मंगलबारदेखि नेपाल र भारतको सिमा क्षेत्र बैतडीको झुलाघाटबाट सुरु भएको छ । परिणितीले सामाजिक संजाल मार्फत नेपालमा रहेको जानकारी दिएकी छन् । उनले इन्स्टाग्राममा एक तश्वीर समेत शेयर गरेकी छन् ।

अर्जुन कपुर र परिणिति चोपडा अभिनित यो फिल्मको पहिलो सेड्युलको छायांकन नयाँ दिल्लीमा सकिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, फिल्मका निर्माताले सुन्दरता, ग्रामीण परिवेश र पहुँचयोग्य स्थान भएकाले नेपाल र भारतको सीमाना छनौट गरेको बताएका छन् ।

फिल्म बन्ने भएपछि यशराज फिल्मस्ले गत अक्टोबरमा नेपालस्थित सरकारी निकायलाई यो स्थानमा फिल्म छायांकनका लागि अनुमति माग्न पत्र पठाएको थियो ।

नेपाल सरकारले पनि फिल्म युनिटलाई रोमान्टिक प्रेमकथाको फिल्म छायांकन गर्न केही सर्त राखेर अनुमति दिएको बताइएको छ । १५ दिनसम्म अर्जुन र परिणिती नेपालको बैतडी जिल्लामा रहने बताइएको छ ।

Get the look:- Indo Nepal Border. #WinterOnSteroids

A post shared by Parineeti Chopra (@parineetichopra) on

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *