नेपाल–भारत प्रबुद्ध समूहका सदस्य राजन भट्टराईमाथि संगीन आरोप, देशको सूचना विदेशीलाई चुहाए

  • 68
  •  
  •  
  •  
  •  
    68
    Shares

काठमाडौं, २० मंसिर । काठमाडौं–४ का एमाले उम्मेदवार डा.राजन भट्टराईमाथि देशको महत्वपूर्ण सूचना विदेशीलाई चुहाउने गरेको आरोप लागेको छ । भारतीय दूतावासको कोटामा जवाहरलाल नेहरू विश्वविद्यालयबाट पिएचडी गरेका भट्टराईले भारतलगायतका मुलुकलाई सूचना दिने गरेको आरोप लागेको हो ।

भट्टराई नेपाल नीति अध्ययन प्रतिष्ठान (निप्स) नामका संस्थाको अध्यक्ष हुन् । एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री रहेको बेला परराष्ट्र मामिला सल्लाहकार रहेका भट्टराई अध्यक्ष रहेको निप्सले नेपालको कार्यकालमा उनकै प्रभावमा विभिन्न परियोजना ल्याएर दर्जनौं कार्यक्रम गरेको पत्रकार सरोजराज अधिकारीद्वारा लिखित पुस्तकमा उल्लेख छ । निप्सले राष्ट्रिय सुरक्षा नीतिसम्बन्धी परियोजनाका लागि तीन करोड ४२ लाख ६१ हजार नौ सय ५० रुपैयाँ बराबरको सम्झौता गरेको थियो ।

राज्यको महत्वपूर्ण व्यक्तिलाई सहभागी गराएर कार्यक्रम हुने गरेकाले राष्ट्रिय सुरक्षामा दीर्घकालीन प्रभाव पार्ने यस्ता गतिविधि नियमन गर्न कठिनाइ भइरहेको भन्दै गृह मन्त्रालयका अधिकारीले समेत चिन्ता व्यक्त गरेका छन् ।

गृह मन्त्रालय र संसदको सार्वजनिक लेखा समितिको छानविनको दायरामा आएको ३४ करोड रूपैयाँ बराबर निप्ससहितका अन्य संस्थको परियोजना सामरिकका साथै आर्थिक हिसाबले पनि निकै विवादित बनेको थियो ।

त्यतिबेलाका केही प्रतिष्ठित सञ्चार माध्यमहरूले पनि विदेश मामिला सल्लाहकार भट्टराईले पदीय जिम्मेवारीको दुरुपयोग गरेर संवेदनशील सूचना विदेशीलाई चुहाएको समाचार प्रकाशन तथा प्रसारण गरेका थिए । सो विषयमा बिबिसी नेपाली सेवाले समेत प्रश्न गर्दा भट्टराई नाजवाफ भएका थिए । भट्टराईले महिनामा दुईपटक लैनचौरस्थित भारतीय दूतावासबाट पनि तलव बुझ्ने गरेको एमालेका नेताहरूकै आरोप छ । भारतीय दूतावास उच्च स्रोतले पनि भट्टराई बेलाबेला दूतावास आउने गरेको स्विकारेको छ ।

डा.भट्टराई भारतीय दूतावासको सहयोगमा नयाँ दिल्लीस्थित जवहारलाल नेहरू विश्वविद्यालयमा एसडी मुनि र महेन्द्र पी लामाको विद्यार्थी भएर अध्ययन गरेका हुन् । उनैले अहिले आफूलाई भारतको कट्टर विरोधी र असली राष्ट्रवादी भनाउने गरेका छन् ।

नेपाल–भारत बौद्धिक समूहका सदस्यसमेत रहेका नेता भट्टराईले सो समितिका सदस्य एवं भारतीय जनता पार्टीका नेता भगतसिंह कोस्यारी र प्रध्यापक महेन्द्र पी लामासँग ठाडो नजर गरेर हेर्नसमेत सक्दैनन् । आफ्ना गुरुद्वय मुनि र लामाको जुनसुकै प्रस्तावलाई अस्वीकार गर्न नसक्ने भएकाले भट्टराईको उपस्थिति समितिमा नाम मात्रको भएको एक सदस्यले बताए ।

आफू काठमाडौं ४ को बासिन्दा भएको दाबी गर्दै आएका राजन त्यहाँबाट बसाई सरेर ललितपुर धापाखेलमा सिभिल होमले बनाएको कोलोनीमा बसोबास गरिरहेका छन् । सिभिल होमको ललितपुर धापाखेलमा रहेको कोलनी भट्टराईको हो । काठमाडौ महानगरपालिका–७ बुलबुलेमा  सिभिल होममा बस्दै आएका भट्टराई ललितपुरकोघर किनेपछि उतै सरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *