सनी लियोनीः आइटम गीतमा हिट, बक्स अफिसमा फ्लप

  • 375
  •  
  •  
  •  
  •  
    375
    Shares

काठमाडौं, २० मंसिर । अट अवतारका कारण बलिउडमा चर्चाको शिखरमा रहेकी सनी लियोनी ठूलो पर्दामा जम्न सकेकी छैनन् । उनका आइटम गीत हिट भएपनि फिल्मले भने उत्साहप्रदरुपमा व्यापार गर्न सकेका छैनन् । सनीको गत शुक्रवार प्रदर्शनमा आएको फिल्म ‘तेरा इन्तजार’ बक्स अफिसमा पछारिएको छ ।

यो फिल्ममा सनी लियोनी र अरबाज खानको मुख्य भूमिका छ । फिल्मले चार दिनमा १ करोड ७४ लाख मात्र व्यापार गरेको भारतीय संचार माध्यमले जनाएका छन् । पहिलो दिन ४६ लाख, दोस्रो दिन ४५ लाख, तेस्रो दिन ५८ लाख र चौथो दिन २५ लाख मात्र फिल्मले कलेक्सन गरेको बताइएको छ ।

फिल्मका निर्देशक राजीव वालिया हुन् । फिल्मलाई अमन मेहता र बिजल मेहताले प्रोड्यूस गरेका हुन् । फिल्मको ट्रेलरलाई दर्शकहरुले निकै रुचाएका थिए ।

योसँगै सनी लियोनीमाथी फिल्मांकन गरिएको गीत ‘सेक्सी बार्बी गर्ल’ पनि निकै चर्चित भएको थियो । फिल्म हेरेपछि समीक्षक र दर्शकले यस वर्षको सबैभन्दा झुर फिल्मको संज्ञा दिएका छन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *