साउथ फिल्ममा अनुष्का भन्दा महंगी नयनतारा

  • 2.6K
  •  
  •  
  •  
  •  
    2.6K
    Shares

मुम्बई । साउथ फिल्म उद्योगमा प्रभास र अनुश्का शेट्ठी सबै भन्दा ठूला कलाकार मानिन्छन् । प्रभास र अनुश्काले अभिनय गरेको चलचित्र बाहुवलीले अहिलेसम्मकै सबै भन्दा धेरै ब्यापार गरेको थियो । तर, दक्षिण भारतमा केही नायिका छन् जो अनुश्का भन्दा चर्चित छन् र उनले भन्दा पारिश्रमिक पनि धेरै लिन्छन् । हेरौ को रहेछन् उनीहरु :

नयनतारा :  नयनतारा दक्षिण भारतको सबै भन्दा चर्चित नायिका हुन् । तमिल, तेलुगु, मलयालमलगायत दर्जनौ फिल्ममा अभिनय गरेकी छिन् । नयनतारा त्यस्ती नायिका हुन् जसले दक्षिण भारतका सबै ठूला स्टारहरुसंग काम गरेकी छिन् । उनको सुन्दरताको चर्चा यस्तो छ । कुनै पनि निर्देशकले अभिनय गराउनु अघि स्क्रिन टेष्ट जरुरी ठान्दैनन् । उनी एउटा फिल्ममा काम गरेवापत ५ देखि ६ करोड पारिश्रमिक लिन्छिन् । ७० करोड भन्दा बढीको सम्पत्ति रहेको छ । उनी अहिले ७६ लाख गर्ने बीएमडब्लु एक्स–५ गाडी चढ्छिन् ।

कुनै समय नयनताराको नाम कोरियोग्राफर एवं निर्देशक प्रभु देवासंग जोडिएको थियो । उनीहरु लुकिछिपी बस्दै आएका थिए । प्रभुदेवाको श्रीमतिले अदालतमा उजुरी दिएकी थिइन् । नयनतारा बोल्ड छबीका कारण पनि चर्चित छिन् । शाहरुख खान अभिनित चेन्नई एक्सप्रेसमा दीपीका पादुकोणको स्थानमा उनलाई अभिनयको लागि प्रस्ताव गरिएको थियो । तर, ब्यस्तताको कारण शाहरुखसंग काम नगर्ने बताएकी थिइन् । राजधानी दैनिकबाट 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *