निर्वाचन विथोल्नेमाथि गोली प्रहार गर्न सेनालाई निर्देशन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर । भोलि बिहीबार ४५ जिल्लामा दोस्रो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । पहिलो चरण अन्तर्गत यही मंसिर १० गते ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भयो । तर, मतगणना कार्य बाँकी छ ।

निर्वाचन नजिकिएसँगै विभिन्न स्थानमा बम विस्फोट र उम्मेदवारमाथि नै सांघातिक आक्रमण भए । सांघातिक आक्रमणका घटनाले जनता त्रसिद भएका बेला सरकारले निर्वाचन विथोल्न खोज्नेलाई गोली प्रहार गर्न नेपाली सेनालाई निर्देशन दिएको छ ।

रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्न खोज्नेहरुमाथि गोली हान्ने अधिकारसहित सेनालाई निर्देशन दिएको जानकारी दिए ।रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको विशेष साक्षात्कारमा रक्षामन्त्री प्रधानले भने, ‘निर्वाचन विथोल्न खोज्ने उच्छृंखल तत्वहरुलाई निस्तेज पार्नको लागि नेपाली सेनालाई हामीले आवश्यक निर्देशन दिएका छौं, सेनालाई गोली हान्नेसम्मको अधिकार दिइएको छ ।’

निर्वाचन विरोधी गतिविधि गर्ने ६ सय भन्दा बढिलाई पक्राउ गरेर मुद्दा चलाएको जानकारी दिएका उनले बिहीबार हुने निर्वाचनमा भरपर्दो सुरक्षा प्रबन्ध गरेकोले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरे । उनकाअनुसार बिहीबार हुने निर्वाचनमा ३८ हजार नेपाली सेना परिचालित हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner