आज कुन कलाकारले कुन ठाउँबाट मतदान गर्दैछन् ?

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ मंसिर । दोस्रो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान सुरु हुँदै छ  । कडा सुरक्षाकाबीच शान्तिपूर्ण वातावरणमा अहिले ७ बजेबाट ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु हुँदै छ  ।

यस चुनावमा कलाकारहरुले पनि निकै चासो दिइरहेका छन्। केहि कलाकार चुनावमा पार्टीको झन्डा मत माग्ने काममा ब्यस्त छन् त केहि भने आफ्नो मत अधिकार प्रयोग गर्ने सोचमा छन्। आउनु होस् जानौ कुन कलाकार कहाँ बाट मतदान गर्दै छन् ।

कुन कलाकारले कहाँबाट मतदान गर्दै ?

  • करिश्मा मानन्धर – नायिका करिश्मा मानन्धर काठमाडौं क्षेत्र नं ५ महाराजगञ्जमा मतदान गर्दै छिन्। उनी ुनयाँ शक्ति पार्टी नेपालबाट समानुपातिक निर्वाचन पद्धतितर्फ उम्मेदवार पनि छिन्।
  • कोमल वली – गायिका कोमलले दाङ तुलसीपुर उपमहानगरपालीका ८, क्षेत्र नं ३ कृष्णमन्दिरबाट मतदान गर्दैछिन्।
  • माधव वाग्ले -निर्माता माधव पर्सा क्षेत्र नं २ का मतदाता हुन्। तर उनी भोट हाल्न जाने मन्स्थितिमा नभएको बताउँछन्।
  • प्रदिप भट्टराई- निर्देशक सर्लाही क्षेत्र नं ४ मा नामावली भएका प्रदीप यसवर्ष भोट हाल्न जाने छैनन्। कार्य व्यस्तताका कारण भोट हाल्न नजाने मनस्थिति बनाएको उनी बताउँछन्।
  • आशिस्मा नकर्मी -नायिका आशिस्माले काठमाडौं क्षेत्र नं १ अनामनगरबाट मतदान गर्दैछिन्।
  • वसन्त निरौला- निर्देशक वसन्त निरौलाको घर भोजपुर हो। उनको मतदाता नामावलीमा नाम पनि त्यहीँबाट छ। तर कार्य व्यस्तताका कारण उनी भोट हाल्न गएनन्। भोजपुरमा पहिलो चरणमा मंसिर १० गते नै मतदान भइसकेको छ।
  • दीपकराज गिरी-हास्यकलाकार दीपकराज गिरी काठमाडौं क्षेत्र नं ९ का मतदाता हुन्। उनले बिहीबार हुने निर्वाचनमा मतदान गर्नेछन्।
  • जितु नेपाल- हास्यकलाकार जितु नेपालले काठमाडौं क्षेत्र नं २ का मतदाता हुन्। उनले पनि बिहीबार मतदान गर्दैछन्।
  • किरण केसी – हास्यकलाकार किरण केसी ललितपुर क्षेत्र नं १, इमाडोलबाट मतदान गर्दैछन्।
  • खगेन्द्र लामिछाने – कलाकार खगेन्द्र लामिछानेले स्याङ्जा क्षेत्र नं १, दिव्यज्ञान स्कुलबाट मतदान गर्दैछन्। उनी मतदान गर्नको लागि स्याङ्जा पुगिसकेका छन्।
  • आर्यन सिग्देल -( नायक आर्यन सिग्देलले काठमाडौं क्षेत्र नं १० चन्द्रागिरीबाट मतदान गर्दैछन्।
  • रमित ढुंगाना -नायक रमित ढुंगानाले काठमाडौं क्षेत्र नं २ बाट मतदान गर्दैछन्।
  • ऋषि लामिछाने ( निर्देशक ऋषिले काठमाडौं क्षेत्र नं ४ चाबहिलबाट मतदान गर्दैछन्।
  • निश्चल बस्नेत- निर्देशकरकलाकार निश्चल बस्नेत काठमाडौं क्षेत्र नं ५ बाट मतदान गर्दै छन्। उनलाई आफूले मतदान गर्ने बुथको नाम भने थाहा छैन।
  • शिल्पा पोखरेल – नायिका शिल्पा पोखरेलले पनि यसवर्ष भोट हाल्ने छैनन्। उनको मोरङमा मतदाता नामावलीमा नाम छ, तर उनी कामको सिलसिलामा पोखरामा भएकाले मतदानबाट वञ्चित भइन्।
  • निखिल उप्रेती -नायक निखिल उप्रेतीले सर्लाही क्षेत्र नं ४ बाट मतदान गर्नुपर्ने हो। तर कार्य व्यस्तताका कारण उनी भोट हाल्न जान नपाउने बताउँछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner