बोरुसिया डर्टमुण्डमाथि ​रियल मड्रिडको संघर्षपूर्ण जित

  • 330
  •  
  •  
  •  
  •  
    330
    Shares

काठमाडौं, २१ मंसिर २१ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा साबिक विजेता रियल मड्रिडले बोरुसिया डर्टमुण्डलाई हराएको छ ।

घरेलु मैदानमा भएको खेलमा अन्तिम १६ मा स्थान बनाइसकेको रियल मड्रिडले बोरुसिया डर्टमुण्डलाई ३–२ ले हराएको हो ।  मायोरलले आठौं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए । १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

रोनाल्डोले यो सिजन च्याम्पियन्स लिगमा समूह चरणका सबै खेलमा गोल गरेका छन् । ४३ औं मिनेटमा बोरुसिया डर्टमुण्डका लागि अबमियाङले एक गोल फर्काए । ४८ औं मिनेटमा अबमियाङले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । तर ८१ औं मिनेटमा भाजक्वेजले गोल गर्दै रियल मड्रिडलाई जित दिलाए ।

जितपछि समूह उपविजेता रियलको ६ खेलबाट १३ अंक भएको छ । राति नै भएको खेलमा समूह विजेता बनिसकेको इंग्लिस क्लब टोटनह्यामले एपोइल निकोसियालाई ३–० ले हरायो । उसको जितमा लोरेन्ट कोरिएल्नी, सन हेङ–मिन र एकोउडोउले गोल गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *