कोन्टिन्होको ह्याट्रिकसँग लिभरपुलको शानदार जित, गर्यो ७ गोल

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ मंसिर । च्याम्पियन्स लिग फुटबलको समुह चरणको अन्तिम खेलमा इंग्लिस क्लब लिभरपुलले शानदार जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले स्पार्टक मस्कोलाई ७–० ले हराउँदै अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन फिलिप कोन्टिन्होले ह्याट्रिक गरे । उनले चौथो मिनोटमा पाएको पेनाल्टीबाट गोलको खाता खोलेका हुन् । यस्तै १५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेको कोन्टिन्होले ५० औं मिनेटमा गोल गदैं ह्याट्रिक पूरा गरे । त्यसअघि रोबर्टो फिर्मिनोले १८ औं तथा साडिओ मानेले ४७ औं मिनेटमा गोल गरेका थिए ।

मानेले ७६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ६–० को अग्रता लियो । ८६ औं मिनेटमा मोहमद सालहले गोल गर्दै लिभरपुललाई ७–० को जित दिलाए ।

शानदार जित दर्ता गरेको लिभरपुल समूह ‘इ’ को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । लिभरपुलले ६ खेलबाट १२ अंक जोडेको छ ।

राति नै भएको खेलमा एनके मारिबोरसँग १–१ को बराबरीमा रोकिएको स्पेनिस क्लब सेभिल्ला समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । सेभिल्लाले समान खेलबाट ९ अंक जोडेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *