म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम, शाख्तर डोनेस्ट्कले हरायो

  • 211
  •  
  •  
  •  
  •  
    211
    Shares

काठमाडौं, २१ मंसिर । इंग्लिस क्लब म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । पछिल्ला २८ खेलमा अपराजित रहेको सिटी बुधबार राति भएको च्याम्पियन्स लिग अन्र्तगत समुह चरणको अन्तिम खेलमा पराजित भएको हो । सिटीलाई युक्रेनको क्लब शाख्तर डोनेस्ट्कले २–१ गोलले हरायो ।

शाख्तारको मैदानमा भएको खेलमा शाख्तरका लागि बेर्नार्डले २६ औं तथा ३२ औं मिनेटमा इस्माइलीले गोल गरे । म्यानचेस्टर सिटीका लागि इन्जुरी समयमा पाएको पेनाल्टीमा सर्जियो अग्युरोले एक गोल फर्काए । पराजित भए पनि सिटी समूह ‘एफ’ को विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाइसकेको छ ।

यस्तै शाख्तर समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । म्यानचेस्टर सिटी पछिल्लो पटक गएको सिजन एफ ए कपको सेमिफाइनलमा आर्सनलसँग २–१ ले पराजित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *