दाङमा मतदान केन्द्र नजिकै बम विष्फोट

  •  
  •  
  •  
  •  
  •  

दाङ, २१ मंसिर । दाङ निर्वाचन क्षेत्र नम्बर १ का दुईवटा मतदान केन्द्र नजिकै बिस्फोट भएका छन् । मतदान केन्द्रको करिब एक किलोमिटरपर विस्फोट भएको बताइएको छ।

लमही नगरपालिका वडा नम्बर १ को कार्यालय पश्चिम उत्तर तर्फको क्षेत्रमा बिहान ५ बजेर ५२ मिनेटमा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन्।

यस्तै राप्ती गाउँपालिका वडा नम्बर ३ श्रीचौरको मतदान केन्द्रदेखि उत्तर जंगलमा विस्फोट भएको प्रहरीले जनाएको छ । दाङमा निर्वाचन सुरक्षालाई लक्षित गरी ४ हजार १ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *