प्रचण्ड, रामचन्द्र पौडेलसहितका शीर्ष नेताले गरे मतदान (फोटोफिचर)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । आज बिहानबाट ७ बजेबाट सुरु भएको मतदान कार्यमा उनीहरुले आफ्नो क्षेत्रबाट मतदान गरेका हुन् ।

चितवनको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत शान्ति प्रावि केन्द्रबाट बिहान ७ बजेर १३ मिनेट जाँदा प्रचण्डले मतदान गरेका हुन् । उनी वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार पनि हुन् ।

प्रचण्डसहित पत्नी सीता दाहाल र कान्छी छोरी गंगा दाहालले पनि सोही केन्द्रबाट मतदान गरेका छन् । उनकी माइली छोरी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले निमावि सुन्दरबस्ती मतदान केन्द्रबाट मतदान गरेकी छन् । प्रचण्डकी  छोराबुहारी तथा कञ्चनपुर १ की प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बिना मगरले पनि मतदान गरेकी छन् । 

यसैगरी प्रचण्डका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले महानगरको वडा नं २७ जानकी मावि केन्द्रबाट मतदान गरेका छन् । शिक्षा राज्यमन्त्री एवं चितवन क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार शेषनाथ अधिकारीले रत्ननगर नगरपालिका वडा नं. ३ को शहीद स्मृति बहुमुखी क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका छन् ।

चितवनकै नगरपालिका राप्ती नगरपालिकाबाट नेकपा एमाले का स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले हेल्थपोष्ट भवन भण्डारा केन्द्रबाट मतदान गरेका छन् । उनी चितवन क्षेत्र नं.१ बाट वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन् ।

यस्तै माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले भरतपुर महानगरपालिका वडा नं. १० स्थित नारायणी नमूना उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । माओवादी केन्द्र का अनुशासन विभागका अध्यक्ष अमिक शेरचनले महानगरको वडा नं २६ को दिव्यनगर मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

एमालेकै पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीले रत्ननगर नगरपालिकाको वडा नं ९ कपरफोरी केन्द्रबाट मतदान गरेका छन् ।

उता तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।


नेकपा एमालेका उपाध्यक्ष एवं अछाम प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार भीम रावलले साँफेबगर नगरपालिका– ६ को चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँ केन्द्र र बर्दिया–१का प्रतिनिधिसभा सदस्य उम्मेदवार वामदेव गौतमले बाँसकगढी–८स्थित त्रिभुव उच्च मावि केन्द्रबाट मतदान गरेका छन् । यस्तै दाङ–२ ‘क’का प्रदेश सभासदस्य उम्मेदवार शंकर पोख्रेलले पनि मतदान गरेका छन् । 

यस्तै कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले काठमाडौंको पक्नाजोलस्थित नेपाल युवक माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका हुन्। यस्तै उनका प्रतिस्पर्धी विवेकशील साझा पार्टीका रविन्द्र मिश्रले पनि मतदान गरेका छन् ।
नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र–६ का प्रतिनिधि सभा सदस्य उमेदवार एवम रक्षामन्त्री भिमसेनदास प्रधानले काठमाडौको ज्याँठामा रहेको छुस्याबहाल मतदान केन्द्रबाट मतदान गरेका छन ।

नेपाली कांग्रेसका नेता एवम् पूर्ब उपप्रधानमन्त्री विमलेन्द्र निधिले धनुषा-३ को राजेश्वर निधी उमावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री एवम् मकवानपुर क्षेत्र नं १ का प्रतिनिधिसभा प्रत्यक्ष तर्फका उमेदवार कमल थापाले हेटौंडा–६ चौघडा स्थित वंशगोपाल बहुमुखी क्याम्पसमा मतदान गरेका छन् ।

झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभासदस्य उम्मेदवार कांग्रेस कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देनले पनि मतदान गरेका छन्  ।

नेकपा एमालेका तर्फबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ उम्मेदवारी दिएका हृदयेश त्रिपाठीले पनि मतदान गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कञ्चनपुर क्षेत्र–३ का प्रतिनिधीसभाका उम्मेदवार रमेश लेखक कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि मतदान केन्द्रमा मतदान गर्दै ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *