भोट हाल्न जानु अघि उम्मेदवारले के गरे ? कसैले गरेपुजा, कसैलाई दिए छोरीले शुभकामना

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ मंसिर । आज दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । अहिले शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । उम्मेदवारहरु पनि मतदान गर्न मतदान केन्द्रसम्म पुगेका छन् ।

भोट हाल्न जानु अघि कोही पुजा गर्न मन्दिर पुगेका छन् त कसैलाई छोरी शुभकामना दिएका छन् । काठमाडौं क्षेत्र नम्बर २ का एमाले उम्मेदवार माधवकुमार नेपाल बहिनी बसुधा पोखरेलको हातबाट टिका लगाएर भोट हाल्न पुगेका छन् ।

यस्तै काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार गगनकुमार थापालाई भोट हाल्न जानु अघि छोरीहरुले शुभकाना दिएका छन् । ललितपुर १ का कांग्रेस उम्मेदवार उदयशम्शेर राणा बज्रबारही मन्दिरमा पुजा गरेर भोट खसाल्न पुगेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner